Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

२०७७, १६ आश्विन शुक्रबार ०७:१६

असोज १६, सान डियागो (रासस–एपी) ।  ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । 

अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । यस वर्ष १८ हजारलाई शरणार्थीका रुपमा अमेरिकामा प्रवेश दिइने प्रस्ताव गरिएको थियो । 

तोकिएको संख्याभन्दा यस वर्ष केही कम अर्थात् १० हजार ८०० ले शरणार्थीका रुपमा अमेरिका प्रवेश पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

ट्रम्प प्रशासनको पत्रका बारेमा कंग्रेसमा छलफल हुनेछ । कंग्रेसले शरणार्थीको संख्या कटौती गरेकामा आपत्ति जनाएको छ, तर ट्रम्प प्रशासनले गरेका निर्णय विरुद्ध कंग्रेस जान सक्ने सम्भावना कमै छ । 

अमेरिकी राष्ट्रपतिले मिनेसोटाको डुलुथमा आयोजित चुनावी सभामा शरणार्थीको संख्या कटौती गर्ने आफ्नो पूर्वघोषित नीति रहेको बताउँदै विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेन मुलुकमा अधिकाधिक विदेशीहरु भित्र्याउन चाहने व्यक्ति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाइडेनले मिनेसोटा राज्यलाई शरणार्थी शिविर बनाउन चाहनुहुन्छ, र यसबाट सरकारी स्रोतसाधनको बढी खर्च हुने, विद्यालयहरुमा बढी विद्यार्थी हुने तथा अस्पतालमा बिरामीको चाप बढ्ने हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।”

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस महामारी शुरु भएपछि गत मार्चदेखि शरणार्थीको प्रवेशलाई रोक्नु भएको छ । उहाँले कोरोनाभाइरसबाट क्षति पुगेको अर्थतन्त्र र रोजगारीलाई शरणार्थी भित्र्याएर थप संकटमा पार्न आफूले नचाहेको स्पष्ट गर्नुभयो । 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्वका संकटग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका सदैब तत्पर रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाले यस्तो सहायतालाई निरन्तरता दिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश