Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा संवेदनशीलताका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै दिइन्छः गृहमन्त्री

२०७७, १८ आश्विन आईतवार १५:४१

असोज १८, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा ‘उद्धार तथा हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्ध’ मा भएको छलफलमा गृहमन्त्री थापाले निषेधित क्षेत्रमा गरिने उद्धार उडानलाई थप सहजीकरण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो । 

उहाँले उद्धार उडानलाई छिटो र सहज तुल्याउन आवश्यक सबै संयन्त्र २४ सै घण्टा तम्तयार रहेको पनि जानकारी गराउनुभयो । विसं २०२१ मा उच्च हिमाली क्षेत्रका १३ जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

त्यहाँ आरक्षण क्षेत्र पर्ने र संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु, बहुमूल्य जडिबुटीलगायत अन्य प्राकृतिक सम्पदा तथा उत्तरी सिमानाका संवेदनशील क्षेत्र भएकाले सरकारले निषेधित क्षेत्र घोषणा गरेको थियो । ती जिल्लाका ७३ स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रमा उडान गर्दा केन्द्रको अनुमति चाहिने उल्लेख छ । विदेशी पर्यटकका हकमा मात्र सोे व्यवस्था लागू गरिएको हो ।

गृहमन्त्री थापाले अहिलेका सन्दर्भमा पनि निषेधित क्षेत्रमा गरिएको निर्णय सुरक्षाका दृष्टिले सान्दर्भिक रहेको बताउँदै उद्धार उडानमा हुने ढिलासुस्ती हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । अन्य जिल्लामा हेलिकोप्टर उडानका लागि गृहबाट अनुमति लिन नपर्ने मन्त्री थापाले स्पष्ट पार्नुभयो ।

समितिका सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निषेधित क्षेत्रको संवेदनशीलतालाई ध्यान दिई आन्तरिक उडानलाई सहजीकरण गर्न आग्रह गर्नुभयो । सदस्य भीमबहादुर रावलले उच्च हिमाली क्षेत्रका जिल्लामा वनस्पति, वन्यजन्तु र संवेदनशील उत्तरी सीमा क्षेत्रजस्ता संवेदनशीलता भएकाले निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै ती क्षेत्रमा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानलाई सहज तुल्याइनुपर्ने धारणा राख्नुभयो ।

सांसद प्रेमप्रसाद तुलाचनले दुर्गम क्षेत्रको उडान तथा उद्धार उडानमा विभिन्न कठिनाइ हुने गरेकाले  सहज र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

समितिले कोभिड –१९ का कारण हवाई उडान क्षेत्रमा पारेको प्रभाव र ग्राउण्ड ह्याण्डलिङका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई र हेलिकप्तरमार्फत गरिने उद्धार उडान अनुमतिका विषयमा गृहमन्त्री  थापासँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा