Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रुख घर’ चढेर हिमाल दर्शन

२०७७, १९ आश्विन सोमबार ०८:०४

असोज १९, तम्घास, (रासस) : गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’  सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् । 

एउटा करीब १५ मिटर अग्लो सल्लाका रुखमा विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी रुख घर निर्माण गरिएको छ । उक्त घर गत वर्ष भदौ ३ गतेदेखि सञ्चालनमा आएको र निकै चर्चा कमाएको थियो । 

प्रदेश नं ५ सरकारको रु १३ लाख लगानीमा डिभिजन वन कार्यालय, गुल्मीले रुख घर निर्माण गरेको हो । सदरमुकाम तम्घासबाट सात किलोमिटरको यात्रापछि रुख घर पुग्न सकिन्छ । त्यसपछि सल्लाको रुख वरिपरि बनाइएको करिब १० मिटरजति सिँढी अर्थात् भ¥याङ चढेपछि रुखमै निर्माण गरिएको घरमा पुगिन्छ । उक्त घरबाट जिल्ला सदरमुकाम तम्घासका विभिन्न क्षेत्र, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायत विभिन्न जिल्ला र हिमशृङ्खला देख्न सकिन्छ ।  

रुख घर अवलोकन गर्ने जोकोहीले पनि प्राकृतिक सौन्दर्य र आनन्द लिने गर्छन् । रुख घर अवलोकन गर्नका लागि जिल्लाका विभिन्न स्थानका साथै अर्घाखाँची, बागलुङ, स्याङ्जा, कास्की, दाङ, प्युठान, रुपन्देही, काठमाडौँलगायत जिल्लाका मानिस आउने गरेको रुख घरका व्यवस्थापक घनश्याम पन्थीले जानकारी दिनुभयो ।  

लकडाउन शुरु भएदेखि भने त्यसरी आउने मानिस ह्वात्तै घटेका छन् । ‘केही समय दैनिक १३ हजारसम्म पनि टिकट बिक्री भयो तर अहिले त सुनसान जस्तै बनेको छ’, उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ त शून्य नै हुन्छ, कहिलेकाहीँ भने दैनिक ५० जनासम्म आउनुभएको छ ।’ यदि यही गतिमा पर्यटक नआए सञ्चालन खर्च धान्न पनि मुश्किल पर्ने उहाँको भनाइ छ ।

लकडाउनअघि ६ महिनाका अवधिमा तीन हजार ८७५ जना  र १३ हजार १७०  अन्य गरी कुल १७ हजार ४५ जना तथा बन्दाबन्दी भएदेखि चैतदेखि हालसम्म जम्मा एक हजार एक जनाले रुख घरको अवलोकन गरेका छन् । रुख घरमा चढ्नका लागि वृद्धवृद्धाका लागि निःशुल्क, विद्यार्थीका लागि रु १० र अन्य व्यक्तिका लागि रु  २०  तोकिएको छ । हालसम्म टिकट बिक्रीबाट रु तीन लाख २२ हजार १७० आम्दानी भएको पन्थीले बताउनुभयो । टिकट बाट सङ्कलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ ।

सिस्नेहार पाताल सामुदायिक, चुमाले उनायचौर सामुदायिक, दीप सामुदायिक वन र उनायचौर खड्गभगवती मन्दिर व्यवस्थापन समितिले घर हेरचाह गरेका छन् । विभिन्न समितिमार्फत रुख घरको व्यवस्थापन र सञ्चालन गरिएको छ । रुख घरको व्यवस्थापनका लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । रेसुङ्गा नगरपालिका –७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले अब विस्तारै खुकुलो हुँदै गएकाले रुख घरमा पर्यटक आउने क्रम शुरु हुने विश्वास व्यक्त गर्नुभयो । 

 रेसुङ्गा नगरपालिकाले रुख घरको गुरुयोजना बनाउने तयारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पर्यटकीयस्थल रेसुङ्गासँगै घरलाई ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।  नगरपालिकाका सबै पर्यटकीय क्षेत्रलाई समेटेर रेसुङ्गा परिपथ बनाइने र त्यसैमा रुख घरको विकास गरिने उहाँको भनाइ छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा