पढ्न करिब 1 मिनेट लाग्छ

असोज १९, काठमाडौँ | सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी ग्रुपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।

तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ ।

आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।