पढ्न करिब 1 मिनेट लाग्छ

असोज २०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ ।

ति मध्य काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।