Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसिटी अवार्डको चार विधामा उत्कृष्ट १२ छानिए

२०७७, २० आश्विन मंगलवार १६:१४

काठमाडौँ, २० असोज (रासस) । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनाट प्रक्रियाअन्तर्गत चार विधामा उत्कृष्ट १२ छानिएका छन् । अवार्डको छनोटका लागि १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक गरेको हो । ‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ विधामा उत्कृट १२ तेस्रो चरणको छनोटको लागि प्रवेश गरेका छन् । 

त्यसैगरी ‘प्रडक्ट आइसिटी अवार्ड २०२०’ को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् भने ‘इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ मा उत्कृष्ट १४ इनोभेसनहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् ।

पाँचौं संस्करणको ‘आइसिटी अवार्ड २०२०’ मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएकामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ । भदौ अन्तिम सातादेखि शुरू भएको छनोट प्रक्रिया जारी छ । अन्य सात विधामा उत्कृष्ट सात हुँदै उत्कृष्ट तीनको छनोट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिका सुशील पोखरेलले बताउनुभयो । 

दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले तेस्रो चरणको छनोटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ । उक्त सेसनबाट छनोट भएका उत्कृट पाँच पब्लिक भोटिङको लागि छनोट हुनेछन् । पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिनुभयो । 

तेस्रो चरणको लागि छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले आउँदो शनिबार, सोमबार र बुधबार आयोजना हुने प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसपश्चात् छनोट भएका उत्कृष्ट पाँचलाई अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन गरिनेछ ।

आइसिटी अवार्डमा अन्य सात विधाहरुको पनि छनोट प्रक्रिया जारी रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिनुभयो । अन्य विधाहरूमा पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् । त्यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड २०२० को पनि छनोट प्रक्रिया जारी छ । विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाको सहयोगमा ‘लिभिङ विथ आइसिटीले आइसिटी अवार्ड २०२०’ आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा