Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

२०७७, २२ आश्विन बिहीबार ०९:५७

असोज २२, काठमाडौँ (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा बुधबार अपराह्न भएकोे ‘जलवायु संवेदनशील नेतृत्व मञ्च’ (सिभिएफ)को बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्ने क्रममा उहाँले राजनीतिक सिमानाभन्दा धेरैपरसम्म जलवायु परिवर्तनको प्रभाव परेको वास्तविकता औँल्याउँदै जलवायु परिवर्तनका दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुुभयो ।

 जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धि, हिमनदीको बढ्दो पग्लँदोक्रम र विश्वतापक्रममा भइरहेको बढोत्तरीले मानव अस्तित्व नै सङ्कटमा परेको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कथनीलाई करणीमा रुपान्तरण गर्ने बेला हो यो ।’

पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयन, जलवायुसम्बन्धी सुदृढ प्रतिकार्य तथा जलवायु वित्तको सहज पहुँचका लागि आह्वान गर्दै उहाँले दृष्टान्त बनेर अरुलाई जलवायु प्रतिकार्यका कार्यक्रममा अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

उच्च प्रदूषकहरुको मौनतातर्फ लक्ष्यित गर्दै उहाँले राजनीतिकभन्दा जलवायु परिवर्तनका विषयलाई उच्च प्राथमिकता दिएर अघि बढ्नु आगामी वर्षका लागि तयारी गरिएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप २६) का सन्दर्भमा सामयिक हुने अवधारणा प्रस्तुत गर्नुभयो ।

जलवायु परिवर्तनका दृष्टिले अतिसंवेदनशील राष्ट्रहरुलाई जलवायु परिवर्तनका प्रभाव घटाउने प्रतिकार्यका लागि वित्तीय स्रोत, वहन गर्न सकिने प्रविधि, कार्यान्वयनसम्भव अनुकूलन र गाम्भीर्य न्यून गर्ने कार्यक्रममा पहुँच वृद्धि अपरिहार्य भएको बताउँदै उहाँले कोभिड–१९ को महामारीले मानवजीवन र अर्थतन्त्रलाई तहसनहस पारेका बेला हरित एवम् दिगो स्वस्थ अर्थतन्त्रको प्रवद्र्धनका निम्ति राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा ऐक्यबद्ध भएर साझा योजनाका साथ अघि बढ्नुपर्ने अभिमत प्रकट गर्नुभयो ।

कार्बन उत्सर्जन घटाउने राष्ट्रिय योगदानमा नेपाल प्रतिबद्ध रहेको  उहाँले बताउनुभयो । “जीवनसँग जोडिएको प्रश्न भएकाले जलवायु परिवर्तनका राजनीतिक खिचातानी त्यागेर अब समय व्यतीत नगरी दिगो समाधानका साझा योजना तर्जुमा गरौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । सिभीएफको अध्यक्षका रुपमा बङ्गलादेशले उक्त बैठक आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू