पढ्न करिब 1 मिनेट लाग्छ

असोज २३, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ वटा स्वास्थ्य संस्थाको अनुमति खारेज भएको छ । धरौटी वापतको रकम नतिरेपछि सरकारले सूचीकरण खारेज गरिदिएका स्वास्थ्य संस्थाहरुमा नेपालकै चल्तीका अस्पतालहरुसमेत परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावलीमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले पाँच लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। नियम लागू हुनुअघि नै सूचीकरण भएका संस्थालाई थप दुई लाख रुपैयाँ धरौटी बुझाउन तीन महिनाको समय दिइएको थियो।

त्यसबमोजिम थप रकम धरौटी नबुझाउने ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण मन्त्रिस्तरीय निर्णयबाट खारेज गरिएको मन्त्रालयले जनाएको छ।

सूचीकरण खारेज हुनेमा काठमाडौंका चल्तीका अस्पतालहरु समेत परेका छन्। जसमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (चाबहिल), अन्नपूर्ण न्युरो अस्पताल (माइतीघर), नेपाल ग्रीन सिटी अस्पताल (धापासी), भेनस अस्पताल (मध्यबानेश्वर), मेघा अस्पताल (सानेपा), नोबेल हस्पिटल (सिनामंगल), किष्ट मेडिकल कलेज (इमाडोल), सिद्धि पोलिक्लिनिक (ज्ञानेश्वर) र जनस्वास्थ्य केन्द्र (बालाजु) लगायतका स्वास्थ्य संस्थाहरु छन्। यस्तै, चितवन मेडिकल कलेज (चितवन) पनि सूचीकरण खारेज हुनेमा परेको छ ।

खारेजीमा परेका स्वास्थ्य संस्थालाई पहिले नै जम्मा गरिसकेको धरौटीको रकम फिर्ता लैजान पनि मन्त्रालयले सूचीत गरेको छ ।