पढ्न करिब 1 मिनेट लाग्छ

असोज २६, काठमाडौं । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् ।

आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।