Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २६ गते, अपराह्न ३:३७ बजे
काठमाडौँ - KTM

अपडेटः कोरोना भाइरस उच्च सङ्क्रमण रहेको दश देश यी हुन्

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असोेज २६, (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९४ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  ७२२ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ९ लाख ११ हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ८३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ८६८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।पेरुमा ८ लाख ४९ हजार ३७१ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ३७ हजार ७८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ७८१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ७ लाख ३४ हजार ९७४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८३ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ८१ हजार ७०९ जना पुगेको छ ।

यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ८३ लाख ३६७ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।