Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमास्तम्भ फेरिएको आशङ्का

२०७७, २६ आश्विन सोमबार १६:०२

 असोज २६, सिमकोट (रासस) । कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे बताउनुभएको छ । नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उहाँले जिकिर गर्नुभयो । 

नाम्खा गाउँपालिका वडा नं ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दावी गर्नुभयो । 

शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै