असोज २९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

संक्रमित अपडेट

पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको छ ।

आज एकै दिन ३५६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् ।

October 15, 2020
काठमाडौँ - KTM, समाज
कोरोनाबाट आज थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
By साझासवाल
2 मिनेट पढाइ