८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी

२ कार्तिक २०७७, आईतवार ०७:०१

कात्तिक २, दमौली (रासस) : दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । 

जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् । खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् ।

भिमाद नगरपालिका–९ भानुमतिको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसीबोका बिक्री गरेको छ । सहकारीले रु ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिनुभयो । तनहुँ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा खसीबोका बिक्री गरिएको हो ।  

“खसीबोका बजारीकरण गर्न सहकारीले सहयोग गर्दै आएको छ, तनहुँभन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसीबोका किन्न आइपुग्छन्”, आलेले भन्नुभयो । प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरेको उहाँले उल्लेख गर्नुभयो । सो सहकारीमा आबद्ध २०८ कृषकले खसीपालन गरेका छन् । उक्त सहकारीले १९४ खसीबोका बिक्री गरेको थियो । 

यस्तै व्यास नगरपालिका–८ रिस्तीस्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ६२ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले  बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिनुभयो । नगरपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । 

यसैगरी घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा १७३ खसीबोका बिक्री भएको छ । 

भिमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत रु २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिनुभयो । सो सहकारीले १७४ खसीबोका बिक्री गरेको छ । सहकारीमा आबद्ध ५७० शेयर सदस्यमध्ये ४०८ जनाले बाख्रापालन गर्दै आएका छन् ।

“कोरोनाको प्रकोपका बीचमा कृषकले पालेका खसीबोका बिक्री हुन्नन कि भन्ने चिन्ता थियो । व्यापारी खोजी गरी खसी बिक्री गर्न सफल भयौ”, उहाँले भन्नुभयो, “यसले गर्दा कृषकलाई पनि सहज भएको छ ।”

यस्तै घिरिङ गाउँपालिका–२ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ खसीबोका बिक्री गर्न सकिएको जानकारी दिनुभयो ।

“दशैँ नजिकिँदै गर्दा सहकारीमा आबद्ध कृषकले पालेका खसीबोका बिक्री गरेर गाउँमा पैसा भित्र्याउन सक्यौँ, शेयर सदस्य उद्यमशील बनेका छन् । सहकारीले पनि केही प्रतिशत नाफा गर्न सकेको छ”, उहाँले भन्नुभयो । 

भिमाद नगरपालिका–२ जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ७९६ हजार बराबरको खसीबोका बिक्री भएको छ । यस अवधिमा ५५ खसीबोका बिक्री गरिएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवास्थित आधारशिला उद्यमी महिला सहकारी संस्थामार्फत रु पाँच लाख ८३ हजार तथा शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु चार लाख ९५ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २९ लाख ९२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारीमार्फत खसीबोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन बिक्रीमा अनुदान दिएको जानकारी दिनुभयो । “सहकारीमार्फत बिक्री वितरण गर्दा अनुदान प्राप्त हुँदा कृषक पनि सहकारीमार्फत बजारीकरण गर्न आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “यसले किसानलाई बिचौलियाबाट ठगिन परेको छैन ।”

यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु सात लाख ४४ हजार बराबरको खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिका–९ का कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका बिक्री गर्न पाउँदा सहज भएको बताउनुभयो । 

“कोरोनाका कारण अहिले खसीबोका बिक्री हुन्न कि भन्ने चिन्ता थियो, त्यो चिन्ता अब रहेन”, उहाँले भन्नुभयो, “खसीबोका बिक्री गरेर मनग्य आम्दानी भइरहेको छ ।” भिमाद नगरपालिका–४ माझकोटका कृषक प्रेक्षा राना र पार्वती लम्सालले पनि चाडपर्व नजिकिँदै गर्दा खसी बिक्री भएपछि घरखर्च चलाउन सहज भएको बताउनुभयो ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेसलन नेपालको साझेदारीमा ती सहकारीमा पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत किसानले उत्पादन गरेका पशु वस्तुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृढीकरण, सहकारीको आवश्यक नीतिनिर्माण  र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिनुभयो ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसीबोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको बताउनुभयो । “हचुवाको भरमा खरिद बिक्री हुँदै आएको कार्यलाई निरुत्साहित गर्दै जिउँदो खसीबोकाको नापतौलको आधारमा मूल्य निर्धारण गरी किसानले बिक्री गर्न सफल भएका छन्”, पौडेलले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार