२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ

२०७७, २ मंसिर मंगलवार ०५:२७

मङ्सिर २, काठमाडौँ । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै