Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

(रासस/एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिनुभएको छ । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिनुभएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ ।

पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भन्नुभएको हो ।

अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिनुभएको बताइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिनुभएको उहाँले मंगलबार जानकारी दिनुभएको बताइएको छ ।

केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताउनु भएको थियो । तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।

राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित हुनुभएको छ । उहाँ अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदै हुनुहुन्छ ।  तर अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ ।

सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ ।