Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिका, रुस, चीनसहित ९ देशका दुतावास अगाडि एकसाथ प्रदर्शन हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ५, काठमाडौँ | यस क्रममा १० डिसेम्बर अर्थात २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाण्डौस्थित ९ वटा दूतावास अगाडि एकसाथ मध्यान्ह् १२ बजेदेखि आधा घण्टा प्रदर्शन हुन गइरहेको छ ।

‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कसले बचाउने ?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरुको दूतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरुलाई राजदूतावास मार्फत ज्ञापनपत्र बुझाइने छ |

अमेरिकीदूतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चीनियाँ दूतावास अगाडि सभापति उत्तम पुडासैनी, रुसी दूतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, फ्रेन्च दूतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दूतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दूतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित शान्तिवादीहरुको सहभागिता रहने छ ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा दर्जनौँ जिल्लामा प्रदर्शन हुनेछ |