Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डीभी चिठ्ठा परेकाले कहिले पाउँदैछन् भिसा ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, काठमाडौँ | कोरोना महामारीको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहरूले  जनवरीमा भिसा पाउन सक्नेछन् । तर, त्यसका लागि दूतावास खुल्न जरुरी छ । अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएकाहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् ।

भिसा जनवरी अगाडि प्राप्त नहुने भए पनि त्यस अगाडिका सबै प्रक्रिया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ ।

तर, जो बाइडेनले कार्यभार सम्हालेपछि भने ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् ।

पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।