Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

इजरायली प्रधानमन्त्रीद्वारा साउदी युवराज र अमेरिकी विदेश मन्त्रीसँग वार्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, जेरुसेलम (रासस/एएफपी) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।

साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उहाँले गोप्य भेटवार्ता गर्नु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उहाँहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् ।

साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पु¥याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो ।

अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उहाँले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गर्नुभएको थियो ।

छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुग्नुभएको थियो । उहाँहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ ।