पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर ९, काठमाडौँ |</b> कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ | तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकीलाइ २७ असोजमा संक्रमण पुष्टि भएको थियो |<br></p><p>भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराईरहेका उनको सोमबार राति मृत्यु भएको हो | उनले २०६८ सालमा सशस्त्र प्रहरीमा सेवा प्रवेश गरेका थिए | हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो |</p><p>हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए |</p>

