२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटनमन्त्रीको आग्रह

२०७७, १० मंसिर बुधबार १३:३४

मङ्सिर १०, काठमाडौँ (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपालपर्यटन बोर्डले आज आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्र्रियामा उहाँले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गर्नुभएको हो ।

व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए । व्यसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन प्रवेशाज्ञा खुला गरे पनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गर्नुभयो ।

उहाँले अन्य देशमा कोभिडपछि विमानस्थल नै बन्द भए पनि नेपालको विमानस्थल एक दिन पनि बन्द नभएको बताउँदै कोभिडपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार लाख मानिसले हवाइजहाज प्रयोग गरेको जानकारी दिनुभयो । 

मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित आन्तरिक उडान शुरु गरेपछि हालसम्म चार हजार ८०४ उडान काठमाडौँ बाहिर भएको, चार हजार ५५ काठमाडौँ भित्रिएकोे जानकारी गराउँदै ती उडानमार्फत एक लाख ७५ जना काठमाडौँबाट बाहिरिएका र एक लाख ६९ हजार काठमाडौँ भित्रिएको बताउनुभयो ।

मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपालमा भने ४० प्रतिशत उडान भइरहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय उडानमा दक्षिण एशियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै भारतले सो पनि गर्न नसकेको उल्लेख गर्नुभयो । नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेकोसमेत बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटन खोल्नका लागि कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गर्दै तद्अनुरुप सामूहिक छलफलबाट निष्कर्षमा पुगिने बताउनुभयो ।

कार्यक्रममा ट्रेकिङ् एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह