Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी वसन्त कुँवर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ११, काठमाडौँ | </b>नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी प्रधान कार्यालयले वसन्त बहादुर कुँवरलाई तोकिएको छ | नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो |<br></p><p>यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ |</p><p>केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२–९२१११ र इमेल ठेगाना&nbsp; [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी मुख्यालयले जनाएको छ |</p>