पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर १२, काठमाडौँ | गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ | डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको हो |

गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेका हुन् | डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए |

त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ |

त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ | त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरवा भएको छ

हर्नुहोस को कहाँ सरुवा ?|