Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;मङ्सिर&nbsp;१३, (रासस /एएनआइ) । भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ&nbsp; । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।</p><p>भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।</p><p>यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित&nbsp; राज्यको रुपमा रहेको छ ।</p>