Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किंदा दुर्घटना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर १४, काठमाडौँ | </b>गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किंदा नुवाकोटमा दुर्घटना भएको छ | आइतबार दिउँसो कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो |</p><p>&nbsp;हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको छ | उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरिएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए&nbsp; |&nbsp;</p><p>भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ | हेलिकोप्टर हटियाबाट १२ बजेर ५० मिनेटमा काठमाडौँका लागि उडेको थियो | हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ |</p>