पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर १७, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो | कोरोना मुक्त हुनेको संख्या १५६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | <br></p><p>पछिल्लो २४ घन्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ | योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५३८ पुगेको छ | हाल देशभर १६५४७ सक्रिय संक्रमित रहेका छन् | यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३६२४६ रहेको मन्त्रालयको तथ्यांक छ |</p><p>हालसम्म २१८१६१ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् |</p>

