Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नोभेम्बरमा अमेरिकामा केवल दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मंसिर १९, वासिङ्टन, (रासस/एएफपी) । कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको यहाँको श्रम मन्त्रालयले शुक्रवार जनाएको छ ।</p><p>विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।&nbsp;</p><p>नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए ।&nbsp;</p><p>अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।&nbsp;</p>