Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २३, काठमाडौं । कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।

त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलका  अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी  एक  अर्ब  १९  करोड  रुपियाँ  मात्र  पुगेको छ । जब   कि   २०७५   चैतदेखि   कात्तिकसम्म विमानस्थलले  छ  अर्ब  १९  करोड  ७५  लाख  रुपियाँ आम्दानी  गरेको  थियो । यस  हिसाबले  कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड  सङ्क्रमण  नियन्त्रणस्वरूप  सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक  दुवैतर्फको  नियमित  उडान  बन्द  थियो ।

उडान नै नहुँदा  विमानस्थलले  नियमित  किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको  यो  विमानस्थलको  आम्दानी  कोरोना सङ्क्रमणका  कारण  गत  भदौमा  चार  करोड  ८९ लाख रुपियाँसम्म घटेको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।