पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर २५, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १२१७ जनामा कोरोना पुष्टि भएको हो |

योसंगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०६४ जना कोरोना संक्रमण मुक्त भएका छन् |

यो संगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको मन्त्रालयको तथ्यांक छ | २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ | हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६३ पुगेको छ |

नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने, यस्तै पाँच सय १५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ |