2026-06-18 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो

मंसिर २८, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ। 

दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए। ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुप¥यो नि।’

कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए। उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए।

‘सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ, अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु