2026-06-18 05:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

मङ्सिर २९, काठमाडौँ (रासस) । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी) मार्फत  मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने  भएको हो ।

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र  मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहनुहुने छ । 

 टोलीले  बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । यसअघि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरीद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

खरीदको अन्तिम मूल्य बङ्गलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने अनुमान गरिएको उहाँको भनाइ छ । विवादरहित रुपमा सरकारी मूल्यमा रासायनिक मल खरीद गरेर ल्याइने उहाँले जानकारी दिनुभयो । 

यसअघि नै कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ । ढुवानीका लागि कम्पनीले गत असोज ३ गते आह्वान गरेको अन्तरराष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ । पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो ।

बङ्गलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरे तापनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खचसँगै झन्झटिलो भएको र बङ्गलादेश सरकारले समेत खरीद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरीद गरेर ल्याउन लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु