2026-06-18 05:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

मङ्सिर २९, काठमाडौँ (रासस) । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ ।

नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ ।

टी २० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने छन् । 

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् ।

आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ ।

पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् । 

ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई दुई टोली टी २० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु