पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर ३०, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तिन दिनको मौसम पूर्वानुमान जारी गरेको छ | जसअनुसार आज मंगलबार देशका तराई भूभागमा कुहिरो/हुस्सु लागेको छ | हाल देशमा श्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ |

मंगलबार देशका प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ | त्यस्तै राति यी भूभागमा आँशिक बदली रहने मौसम पूर्वानुमान महाश्खाले जनाएको छ |

तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ३० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ |

राती: प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ |