2026-06-19 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

2020-12-16

पुस १, चितवन । जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, सोही गापा वडा नं ३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ का २३ वर्षीय बिपिन सापकोटा रहेका छन् । 

माडी नगरपालिका–९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नंको गाडीबाट अवैध औषधिसहित उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अ‍ैषधिको मूल्य अनुमानित रु २१ लाख १० हजार ५३२ छ । माडीमा नै बेवारिसे अवस्थामा रु नौ लाख ९५ हजार १०० बराबरको औषधि बरामद भएको छ । वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिए । 

औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको उनले बताए । बाथरोग, क्याल्सियम कमी भएका र पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्किङ व्यवसायको प्रयोजनका लागि ल्याइएको हुन सक्ने उनले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो