Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा ७८२ मा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ३, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५७०६ जनामा गरिएको पिसिआर परिक्षणमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।<br></p><p>त्यस्तै देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।</p><p>योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ | त्यस्तै कोरोनाको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ।</p>