पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ५, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।<br></p><p>त्यस्तै देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा १०९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।</p><p>योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ | त्यस्तै कोरोनाको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ८८ पुगेको छ।</p>

