Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : ओली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ६, काठमाडौँ (रासस) । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताउनुभएको छ ।

अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राख्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताउनुभएको जनाउनुभयो ।

सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह  गर्नुभयो ।

अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ ।