२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बादललाई बेस्कन हेपिएपछि…

२०७७, ८ पुष बुधबार ०३:२१

पुस ८, काठमाडौं ।‘प्रचण्डले मलाई एकदमै अण्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो । अब मन्त्रीबाट राजीनामा दिएँ भनेर म उहाँकहाँ भन्न जान्नँ ।’

परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने दबाबसहित अस्ति सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल) को सरकारी निवास पुल्चोकमा आफू पक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त कुरा बताएका हुन् । त्यसलगत्तै उहाँलाई भेट्न प्रचण्ड पुल्चोक पुगे ।

बादलको कुरा उद्धृत गर्दै एक नेताले सुनाए, ‘तपाईंहरुको सुझाव प्रतिगमन (ओली)तिर हैन, यथास्थिति (प्रचण्ड) तिरै जाने कुरामा मेरो समर्थन छ । तर, यसनिम्ति प्रचण्डसँग कुरा गर्नुपर्छ ।’

नेकपाको केन्द्रीय कमिटीमा बादल समूहका ३३ जना छन् । त्यसमध्ये स्थायी कमिटीमा स्वयं बादल, पम्फा भुषाल र देव गुरुङ छन् । यसबाहेक केपी ओलीसँगको तालमेलमा विभिन्न प्रदेशमा बादलका मान्छेहरुले भूमिका पाएका छन् ।

जस्तो कि, कर्णालीमा आन्तरिक मामिला (गृह) मन्त्री छन् नरेश भण्डारी । गण्डकीमा पनि आन्तरिक मन्त्री हरिबहादुर चुमान छन् । प्रदेश १ मा एकमात्र पूर्वमाओवादी मन्त्री छन्, मौसम । त्यहीँ उपसभामुख छिन्, सरस्वती पोखरेल । लुम्बिनी प्रदेशका आन्तरिक मन्त्री कूलप्रसाद केसी (सोनाम) र सभामुख पूर्ण घर्ति पनि बादल पक्षधर हुन् ।

यता, राजधानी उपत्यकाभित्र नेकपाको नेतृत्वमा माधव नेपाल समूहभन्दा पूर्वमाओवादी समूह बलियो देखिएको छ । काठमाडौंमा इञ्चार्ज छिन्, सावित्रा भुषाल । वामदेव पक्षधर र अहिले माधव पक्षमा खुलेकी । अध्यक्ष कृष्ण राई केपी पक्षधर ।

काठमाडौंका सचिव हिमाल प्रचण्डपक्षीय । ललितपुरका इञ्चार्ज हरि दाहाल पूर्वमाओवादी समूहका । त्यहाँका सचिव राजकाजी महर्जन पनि पूर्वमाओवादी । उपत्यका इञ्चार्ज लीलामणि पोखरेल पूर्वमाओवादी समूहका, सहइञ्चार्ज अरुण नेपाल माधवपक्षीय । उपत्यकाको विशेष प्रदेशका अध्यक्ष राजन भट्टराई प्रधानमन्त्रीकै सल्लाहकार भइहाले, सचिव लेखनाथ न्यौपाने पूर्वमाओवादीको पनि बादल समूहका ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट