Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ८, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा&nbsp; कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या&nbsp; २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।</p><p>त्यस्तै,यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।</p>