पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस १०, काठमाडौं । बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।</p><p>बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ। आवश्यक काजपत्र पूूरा नभएका कारण दुई हजार ५३ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको छ।</p><p>७६ वटा फाइल दोहोरो परेका कारण भुक्तानी दाबी प्रक्रियाबाट बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ मन्त्रालयले बीमा दाबी भुक्तानी गरेको विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रमा खबर छ । </p>

