2026-06-20 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको प्राथमिकतामा तत्कालीन माओवादी केन्द्रका नेता

पुस ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्। 

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्। राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो।  

२०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले शुक्रबार टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, मणि थापा, दावा लामा, प्रेम आले, जुली महतो र विमला विश्वकर्मालाई मन्त्री बनाएका हुन्। थपिएका मन्त्रीमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुद, आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ। रायमाझी, साह, थापा, चौधरी, तामाङ र विक तत्कालीन माओवादी केन्द्रनिकटका नेता हुन्। उनीहरू पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए।  

प्रधानमन्त्री ओलीले मन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे र लीलानाथ श्रेष्ठको जिम्मेवारी हेरफेर गरेका छन्। त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या, कृष्णगोपाललाई शिक्षा, विज्ञान तथा प्रविधि, ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्याललाई कृषि तथा पशुपक्षी, तुम्बाहाङ्फेलाई भूमिसुधार र लीलानाथलाई न्याय, कानुन तथा संसदीय मामिलाको जिम्मेवारी तोकिएको छ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो।  

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयपछि दाहाल र नेपालनिकट सात मन्त्रीले पदबाट राजीनामा दिएका थिए। रिक्त मन्त्रालयमा दाहाल र नेपालसँग असन्तुष्ट अधिकांश नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, फागुन १४, २०७५ जेठ १८, साउन १८, फागुन १६ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए। त्यस्तै २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१ र २०७७ असोज २८ गते मन्त्रिपरिषद् थपघट तथा हेरफेर गरेका थिए। मन्त्रिपरिषद् हेरफेरलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै मन्त्रिपरिषद्को बैठक राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ