2026-06-20 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वनाम साथीको समर्पण अनुकरणीय : अध्यक्ष दाहाल

पुस ११, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उहाँमा निमोनियाको समस्या देखिएको थियो । 

अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताउनुभएको छ ।

“उहाँको यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहने छ”, अध्यक्ष दाहालले वक्तव्यमा भन्नुभएको छ । उहाँले स्वनाम साथीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । 

सम्पन्न परिवारमा जन्मेर पनि उहाँले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्तिका लागि सम्पूर्ण जीवन अर्पण गर्नुभएको थियो । स्वनामले विसं २०२५ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । विसं २०३३ मा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लिग गठन भएको थियो । 

विसं २०३८ मा स्वनामले सर्वहारा श्रमिक सङ्गठन नेपाल निर्माण गरी किसान आन्दोलन चलाउनुभएको थियो । योग र ध्यान साधनामा लाग्नुभएका स्वनाम ‘ध्यान योग आरोग्य साधना नेपाल’ तथा शिक्षा मन्त्रालयद्वारा गठित ‘ध्यान योग प्रोटोकल कार्यदल, २०२०’ को संयोजकसमेत हुनुहुन्थ्यो । उहाँको जन्म विसं २००७ साउन १७ गते म्याग्दीको दर्वाङ–२ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ