Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ११, वाग्मती (रासस) । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।</p><p>मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।</p><p>तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>