Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अमेरिकाले फेरि भन्यो–एमसीसी छिटो अनुमोदन हुनुपर्छ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १९, काठमाडौं । एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।

‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो  सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् ।

विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको खबर कान्तिपुरले छापेको छ । अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ ।