2026-06-20 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

पुस २०, काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ।

आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।

त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन।

विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो।

विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्रहरू खोल्न दिइने भए पनि कोरोनाको जोखिम बढे जिल्लाअन्तर्गतको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पुनः बन्द गर्न सक्ने अधिकार पनि दिइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ