पढ्न करिब 2 मिनेट लाग्छ

पुस २१, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ | आज सुदूरपश्चिम,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा हल्का बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार देशका उच्च तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ |

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

पौष २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर-पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २३ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश न १ र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।