2026-06-20 09:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार बिरूद्धको प्रतिबन्ध अन्त्य र खाडी मुलुकबीचको क्षेत्रीय ‘एकता र स्थायित्व’का लागि सहमति

 पुस २१, साउदी अरब (रासस/एएफपी) । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ ।

साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।  

“यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पु¥याएको छ ।  शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं,” उहाँले बैठकमा भन्नुभयो । मध्यस्थताका लागि उहाँले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिनुभएको छ ।

उहाँले थप्नुभयो, “आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र बैलिस्टिक मिसाइल कार्यक्रमले ल्याएको खतराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ । तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।”

अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो ।

उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि राति कडा गतिरोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ