2026-06-20 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

2021-01-06

पुस २२, काठमाडौँ | प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल  गरेको छ । 

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको हो । “समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल-नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूलशीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले ती गतिविधि पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलको भनाइ छ । 

विज्ञप्तिमा भनिएको छ, “काउन्सिलले सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ