Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २२, काठमाडौँ (रासस) । नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ ।</p><p>खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।<br></p><p>परराष्ट्र मन्त्रलयले आज एक विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।</p>