2026-06-20 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसका दश लाख मानिसलाई स्पुट्नीक भी खोप दिइयो

पुस २२, मस्को (रासस/एएनआई) । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ ।

 पुस २२, मस्को (रासस/एएनआई) । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए । 

खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताउनुभएको थियो ।  

रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ । 

रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । 

कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ । 

कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरी अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरी अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम