२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

२०७७, २३ पुष बिहीबार ०२:५४

पुस २३, लण्डन (रासस) । गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहनुभएको छ ।

संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिनु भयो ।

युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट